कृष्टिनलाई ‘शुभ लभ’ बनाउने प्रयासमा ज्योतिष हरिहर



रंगखबर, काठमाडौँ – युवा ज्योतिष हरिहर अधिकारी डेब्यु फिल्म ‘शुभ लभ’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बरमा हरिहरसँग कृष्टिन पौडेलको जोडी सुहाएको छ । कृष्टिनको पनि यो पहिलो फिल्म हो ।

‘फकाउने गीत’ भनेर उपशिर्षक दिइएको गीतको भिडियो कलरफुल बनाइएको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतलाई राम्रो बनाउन रामजी लामिछानेले सुहाउँदो कोरियोग्राफी भरेका छन् । संगीतकार पोखरेलको शब्द सृजना रहेको गीतमा निशान भट्टराई र मीना सिंहले स्वर दिएका छन् ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा देखा पर्नेछन् । तर, हरिहरको जीवनसँग फिल्मको कथाले मेल नखाने बताइएको छ । 

चैत १५ गते रिलिज हुने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बास्तोला, अनुज पम्दे, सुर्य थापालगायतका कलाकारको अभिनय छ । 

धर्मराज शर्मा सुवेदीले निर्माण गरेको फिल्ममा अभिमन्यु निरविको पटकथा/संवाद, वान नेपाल स्टन्ट टिमको एक्सन र रामेश्वर कार्कीको डीओपी छ ।

प्रतिक्रिया दिनुहोस्