रंगखबर, काठमाडौँ – फिल्म ‘रणवीर’ प्रदर्शनको चटारोमा छ । र, प्रदर्शनको लागि प्रचारको चटारोमा छन्, मुख्य कलाकार सुशील सिटौला । उनि फिल्मका शिर्ष पात्र हुन् ।
![](https://www.rangakhabar.com/wp-content/uploads/2019/01/Sushil-SItaula-2.jpg)
एक्सन लभस्टोरी फिल्मलाई उनले लिड गरेका छन् । महँगो बजेटमा निर्मित फिल्म साउथ इण्डियन एक्सन शैलीमा निर्माण गरिएको छ । यहि फिल्मका लागि सुशीलले १५ किलो वजन बढाएका थिए । एक्सन स्टन्ट गर्नमा पनि राम्रै समय खर्चिएको उनले बताउदै आएका छन् ।
‘होस्टेल रिटर्न्स’ डेब्यु व्वाय ‘रणवीर’लाई नै पहिलो फिल्म मान्न चाहन्छन । बुटवलमा गरिएको प्रेसमिटमा उनलाई ‘रणवीर’ले स्थापित गराउने आशा व्यक्त गरे । यसअघिका फिल्मले सुशीललाई खासै नोटिस गराएका थिएनन् । उनि भन्छन ‘अघिल्ला फिल्मले चिनाए, ‘रणवीर’ले स्थापित गर्छ ।’ माघ १८ गते रिलिज हुने फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरन्जन दिने सुशील दावी गर्छन ।
![](https://i0.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/01/Sushil-And-team.jpg?fit=1024%2C683)
धनगढीको स्थानीय युवक ‘रणवीर’को जीवनमा आउने उतारचढावलाई फिल्मले पस्केको छ । फिल्मको लेखन निर्देशन गोविन्द सिंह भण्डारीले गरेका हुन् ।
दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेको फिल्ममा प्रशान्त ताम्राकार, सुपुस्पा भट्ट, सुबेक्षा खड्का, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारले अभिनय गरेका छन् ।