दाल भात तरकारी गीत: ‘भिजिट भिषा’मा कलाकारको ठुम्का



रंगखबर, काठमाडौँ- महसंचारको प्रस्तुति ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ । वैदेशिक रोजगारसँग जोडिएको ‘भिजिट भिषा’ शिर्षकमा हरिबंश आचार्य, नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेलले नृत्य पस्केका छन् ।

हरिबंशको शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईले स्वर दिएका छन् । भिडियो कोरियोग्राफी भने कविराज गहतराजले गरेका छन् ।

हरिबंशले लेखेको कमेडी ‘दाल भात तरकारी’लाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको डेब्यु निर्देशनमा विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतले पनि अभिनय गरेका छन् ।

आगामी बैशाख १३ मा रिलिज हुने फिल्ममा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरि पौडेल र यमन श्रेष्ठले लगानी भरेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् ।

प्रतिक्रिया दिनुहोस्