अनुपबिक्रमको ‘कप्स’ चैतमा



रंगखबर, काठमाडौँ- अनुपबिक्रम शाही अभिनित फिल्म ‘कप्स’ले रिलिज डेट तय गरेको छ । प्रस्तुतकर्ता राम शाक्यले फिल्म आगामी चैत ८ मा रिलिज हुने जानकारी दिए । सम्राट सापकोटा निर्देशित फिल्ममा अनुपबिक्रम डीएसपी अमन सिंहको भूमिकामा छन् ।

उनि एक सच्चा प्रहरीको भूमिकामा हुने निर्देशक सापकोटाले बताए । यहि फिल्मबाट सन्दिपा लिम्बुले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । फिल्ममा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको पनि अभिनय छ ।

आर्या मुभिज र सारा श्री मुभिजको व्यानरमा निर्मित फिल्मले राजनीति, प्रहरी प्रशासन र जनता कथा भन्छ । एक्सन लभस्टोरी फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, अष्ट महर्जनको द्वन्द, विजय घिमिरे/स्वयम्भुराज शाक्यको संगीत र कविराज गहतराज/शिशिर खातीको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्