आकाश र सोनाम पूजाको मन सम्हाल्न तयार, फेब्रुवरीबाट फ्लोरमा जाने



रंगखबर, काठमाडौँ- घोषणा अघि देखि नै चर्चामा रहेको फिल्ल ‘सम्हालिन्छ कहिले मन’को औपचारीक घोषणा भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकार पूजा, आकाश र शोनाम मुख्य आकर्षण बनेका थिए । यसै फिल्मबाट पूजाले १५ लाख पारिश्रमिक लिएको खबरले केहि साता अघि फिल्मी बजार तातेको थियो ।

ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुन् लागेको फिल्ममा अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापा निर्माताले लगानी गर्दैछन । त्रिकोणात्मक प्रेमकथा रहने फिल्ममा पूजा शर्माको मुख्य भूमिका रहनेछ । भने, अपोजिटमा लोकप्रिय युटुबर सोनम तोप्देन रआकाश श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन । फेब्रुवरी ९ तारिख देखि छायाँकन सुरु हुने फिल्ममा सरोज खनाल, धिरेन शाख्य र गौरी मल्लको पनि मुख्य भूमिका रहने छ । करिब ५० दिने छायांकन तालिका रहेको फिल्मको सबै छायांकन युके र केहि अंश नेपालमा हुने जानकारी निर्माण टिमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्