राधिका बिष्टको ‘रेलिमाई’मा मरिश्का र निराजन रोमान्स



रंगखबर, काठमाडौँ – गायिका राधिका बिष्टले आफ्नै शब्द, संगीत र स्वरमा ‘रेलिमाई’ गीत सार्वजनिक गरेकी छन् । गीतमा मरिश्का पोखरेल र निराजन प्रधान फिचरिङ छन् ।

अस्ट्रेलियामा बस्दै आएकी राधिकाले उतैबाट नेपाली संगीतमा आफ्नो सक्रियता जनाइरहेकि छन् ।

एल्बम ‘गाउने धुन २’मा समावेश गीतको भिडियोमा निकेश खड्काको निर्देशन छ । मिले आर्टसको प्रस्तुति रहेको गीतमा उत्तम हुमागाईं/प्रनेश शाक्यको छायाँकन र प्रविण श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्