रनबिर र आलियाको प्रेम सम्बन्धमा दरार



रंगखबर, काठमाडौँ – रनबिर कपूर र आलिया भट्टले अहिले एक-अर्कालाई डेट गरिरहेका छन् । उनिहरुको प्रेम पार्टी र सार्वजनिक क्षेत्रहरुमा छताछुल्ल भैरहेको हुन्छ । 

तर, पछिल्लो खबरका अनुसार यी दुई बीच खटपट सुरु भएको छ । नवभारत टाइम्सले यी दुई सम्बन्धका आएको दरारलाई औल्याएको छ । दुवै जना आफ्नै कारण एक-अर्कासँग रुष्ट छन् । आलियाको लगातार फोन र म्यासेज गरिरहने बानीले रनबिर वाक्क भएको टाइम्सले लेखेको छ ।

उनले अहिले आलियाका फोन र म्यासेज रेप्लाई गर्न कम गरेका छन् । यहि कारणले गर्दा आलिया पनि तनावमा छिन् । आलियाले रनबिरसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहन्छिन । तर, रनबिरलाई यो कुरा मन पर्दैन । यहि कारण दुवै बीच अहिले निक्कै खटपट चलिरहेको छ ।

रनबिरले फोन उठाउन छोडेपछि आलियाले नितु कपूरलाई फोन गर्न थालेकी छन् । आलिया ऋषि कपूरलाई भेट्न पटक-पटक न्युयोर्क पनि पुगिसकेकी छन् । नितु र ऋषिले पनि आलियालाई मन पराइसकेका छन् । त्यसैले यहि वर्षको अन्त्यमा विहे होस् भन्ने चाहना छ । 

प्रतिक्रिया दिनुहोस्