अग्रिम बुकिङ शोजमा कुन अगाडी ?



रंगखबर, काठमाडौँ – माघ १८ गते नेपाली बक्सअफिसमा रिलिज हुने फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको छ । यो साता तीन नेपाली र एक बलिउड गरि चार फिल्मले नेपाली हलमा उपस्थिति जनाउने छन् । रिलिजको पुर्वसन्ध्यामा देशका मल्टीप्लेक्स हलले नेपाली ‘सयकडा दश’, ‘गोपी’ ‘रणवीर’ र बलिउडको ‘एक लड्कीको देखा तो ऐसा लगा’को लागि शोज संख्या बाँडफाँड गरेका छन् ।

सुरुवाती शोजमा कुन फिल्म अगाडी छ त ? तल वर्णन गरिएको छ ।

नेपाली तीन फिल्ममाथि बलिउड फिल्म हावी देखिएको छ । ‘एक लड्कीको देखा तो ऐसा लगा’को पक्षमा ३९.६० प्रतिशत शोज छुट्याइएको छ । देशका ६ ठुला मल्टीप्लेक्सले उपलब्ध गराएको १०१ शोजमा यो फिल्मले ४० शोज हात पारेको छ ।

सर्वाधिक शोज पाउनेको दोस्रो स्थानमा दीपेन्द्र लामा निर्देशित ‘गोपी’ छ । जसले देशभर २६.७३ प्रतिशत शोज हात पारेको छ । क्युएफएक्स सिनेमाजले देशभरका स्टेसनमा फिल्मलाई १५ शोज दिएको छ । त्यस्तै एफक्युबले ३, बिएसआर मुभिजले ३ तथा क्युज, सिडिसी र बिग मुभिजले २/२ शोज छुट्याएका छन् ।

देशभरबाट २७ शोज हात पारेको ‘गोपी’मा विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मले गाइ पालक कृषकको कथा उठाएको छ ।

‘रणवीर’ र ‘सयकडा दश’लाई बराबर शोज 

सुरुवाती शोजमा गोविन्द सिंह भण्डारी निर्देशित ‘रणवीर’ र रामशरण पाठक निर्देशित ‘सयकडा दश’लाई देशभरबाट समान शोज हात परेको छ । १६.८३ प्रतिशतका साथ दुवै फिल्मले समान १७/१७ शोज पाएका छन् ।

सुशील सिटौला, सुबेक्षा खड्का, सुपुस्पा भट्ट र प्रशान्त ताम्राकार अभिनित एक्सन ड्रामालाई क्युएफएक्सले ९, बिएसआर/एफक्युब/क्युजले २/२, र बिग मुभिज/सिडिसीले १/१ शोज दिएका छन् ।

त्यस्तै मनोज गजुरेल स्टार सोसल कमेडी ‘सयकडा दश’लाई क्युएफएक्सबाट १०, एफक्युब/बिएसआरबाट २/२ र क्युज/सिडिसी/बिग मुभिजबाट समान १/१ शो प्राप्त भएको छ ।

सुरुवाती शोजमा जुन फिल्मले लिड गरेपनि आगामी दिनको शोज घटुवा/बढुवामा दर्शक प्रतिक्रियाले मुख्य भूमिका खेल्नेछ । अघिल्ला रिलिज ‘मणिकर्णिका’, ‘सिम्बा’ र ‘उरी’का दवदवाका बीच यी फिल्मले पाएको शोजलाई सन्तोषजनक मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्