रिलिजको दुई दिन अगाडी ‘रणवीर’को दोस्रो ट्रेलर आउट



रंगखबर, काठमाडौँ – माघ १८ गते रिलिज तयार फिल्म ‘रणवीर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । रिलिजको दुई दिन अगाडी सार्वजनिक टिजरमा लभ, रोमान्स र एक्सननै भरपुर प्रयोग गरिएका छन् । केहि दृश्य अघिल्लो ट्रेलरका समावेश भएपनि दर्शकले यो ट्रेलरमा थुप्रै नयाँ दृश्य महसुस गर्न सक्नेछन् ।

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद र निर्देशनमा बनेको ‘रणवीर’को शिर्ष भूमिकामा सुशील सिटौला छन् । भने, उनको अपोजिट भिलेन रुपमा प्रशान्त ताम्राकार प्रस्तुत छन् । ट्रेलरको अन्त्यमा राखिएको दुई विचको भिडन्त रोमाञ्चक देखिएको छ ।

एक्सन लभस्टोरी फिल्ममा सुवेक्षा खड्का, सुपुस्पा भट्ट, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहारीलगायतका कलाकारको पनि अभिनय छ ।

गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको फिल्मलाई बिहिबार साँझ प्रिमियर मार्फत देखाइदै छ ।

प्रतिक्रिया दिनुहोस्