मुटुको समस्याबाट वरिष्ठ कलाकार बीएस राणाको निधन



रंगखबर, काठमाडौँ –  वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रस्वास सम्बन्धिले समस्याले साता अगाडी टिचिङ अस्पतालमा भर्ना भएका राणाको शुक्रबार विहान ७८ वर्षको उमेरमा निधन भएको हो । उनको मुटुमा समस्या देखिएको अस्पताल परिसरले बताएको छ ।

वि.सं २०४१ सालमा फिल्म ‘अन्याय’बाट अभिनय यात्रा सुरु गरेका राणाले सयौँ बढी नेपाली फिल्म र टेलीसिरियलमा अभिनय गरेका थिए । कुशल अभिनय र दमदार स्वरका धनि राणाले ‘चिनो’, ‘कोशेली’, ‘नेपाली बाबु’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘करोडपति, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, कसले चोर्यो मेरो मन’, ‘सेतो बाघ’लगायतका फिल्ममा आफ्नो अभिनयको जादु पस्केका थिए ।

राणाको निधनमा नेपाली कलाकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरीरलाई शुक्रबारै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्