रिलिज भए तीन फिल्म, कुन हेर्ने त ?



रंगखबर, काठमाडौँ –  शुक्रबारदेखि नेपाली बक्सअफिसमा तीन नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । दीपेन्द्र लामा निर्देशित ‘गोपी’, रामशरण पाठक निर्देशित ‘सयकडा दश’ र गोविन्द सिंह भण्डारी निर्देशित ‘रणवीर’ छुट्टाछुट्टै कथा र जनरामा बनेका फिल्म हुन् ।

रिलिज अगाडी तीनै फिल्मको हाइप समान जस्तै थियो । त्यसैले हल बाँडफाँडमा तीनै फिल्मको प्रतिस्पर्धा छ । मल्टीप्लेक्सका सुरुवाती शोजमा ‘गोपी’ अगाडी देखिए पनि ‘सयकडा दश’ र ‘रणवीर’ले समान शोज पाएका छन् । त्यसमा बलिउड फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ले असर गरेको छ । मल्टीप्लेक्समा उसले ४० प्रतिशत शोज कब्जा गरेको छ । भने, बाँकीमा नेपाली फिल्मले स्थान बनाएका छन् ।

‘भ्रष्टाचारविरुद्द प्रेम’को नारा बोकेको फिल्मबाट हास्यकलाकार मनोज गजुरेलले डेब्यु गर्दैछन् । कमेडी जनराको फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगायतका कलाकारको पनि अभिनय छ ।

नेपाल रिलिज अगाडी बैंकक प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो । अब नेपाली दर्शकले फिल्मलाई कत्तिको रुचाउने छन् । आइतबारसम्म कुर्नु पर्नेछ । फिल्मको शुक्रबार कुमारी हलमा प्रेस शो राखिएको छ ।

गाइ पालक कृषकको कथामा निर्मित फिल्म ‘गोपी’को शिर्ष भूमिकामा विपिन कार्की छन् । स्वदेशमै केहि गर्न सक्ने इच्छ्याशक्ति बोकेको युवाको कथा भन्ने फिल्मलाई रिलिज अगाडीका दुई ओटा शोजबाट राम्रो प्रतिक्रिया मिलेको थियो ।

विशेष गरि फिल्मलाई समिक्षक र कृषि क्षेत्रका प्रतिनिधिहरुले मन पराएका छन् । 

त्यस्तै एक्सन लभस्टोरी ‘रणवीर’को शिर्ष भूमिकामा सुशील सिटौला छन् । विहिबार गरिएको प्रिमियरमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । साउथ इन्डियन शैलीमा निर्माण गरिएको फिल्ममा सुबेक्षा खड्का, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्