महादेवको ‘जोकर’ ट्रेलर



रंगखबर, काठमाडौँ – हास्यकलाकार अभिनित तथा निर्देशित फिल्म ‘जोकर’को ट्रेलर रिलिज भएको छ । कमेडी जनराको ट्रेलरमा उनिसँगै स्वर्गीय कलाकार दीपेन शाहको पनि अभिनय छ ।

‘जादुगर’को सिक्वेल स्वरुप निर्माण गरिएको ‘जोकर’मा सुरेन्द्र केसी, शिव शंकर रिजाल,  संगीता लामा, लक्ष्मी श्रेष्ठ, रेशम फिरिरी, बिनोद राई, राजेन्द्र गिरी, सरु धिमाल, रेहनराज गिरीलगायतका कलाकारको अभिनय छ ।

फागुन ३ गते रिलिज हुने फिल्ममा सुगम पोखरेल/टंक बुढाथोकी/कमल खत्र/धुर्व विषको/सुमन गुरुङको संगीत र गणेश श्रेष्ठ/कर्ण बहादुर तामाङ/ कुमार सिलवालको  लगानी छ ।

प्रतिक्रिया दिनुहोस्