खुसीको खबर: आर्यन पिता बन्दै



रंगखबर, काठमाडौँ- अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन । विवाह गरेको करिब ५ बर्ष पछि आर्यनको घरमा नयाँ खुसी भित्रिन लागेको हो । आर्यन पत्नी सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबरले अहिले चर्चा पाएको छ । हुन त आर्यन र सपनालाई पहिलो बच्चा कहिले जन्माउने प्रश्न बारम्बार तेर्सिने गर्थ्यो ।

अहिले फिल्म ‘हजार जुनी सम्म’को छायांकनका लागि सिक्किम पुगेका आर्यन यो फिल्ममा फरक भूमिकामा प्रस्तुत हुदैछन। वैहाहिक जोडी हिट साबित बनाई सकेका आर्यन-सपनालाई पहिलो बच्चाकोलागि पनि धेरै धेरै बधाई तथा शुभकामना । स्मरण रहोस आर्यन-सपनाको विवाह २०७१ सालमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्