रणवीर गीत: देउडा ‘ढुकु राञ्चडी’लाई रिक्रेट



रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । सुशील सिटौला र सुपुस्पा भट्ट फिचर ‘ढुकु राञ्चडी’ शिर्षकमा प्रताप दास, चक्र बम र सतिसको स्वर छ । 

चर्चित देउडा गीत ‘ढुकु राञ्चडी’को टुक्का प्रयोग गरिएको गीतमा केहि नयाँ गर्न खोजिएको छ । यसको ओर्जिनल गीत नरेन्द्रराज रेग्मीको हो । हर्क साउद र अमीत श्रेष्ठको शब्द सृजना रहेको गीतमा अमितकै संगीत छ । भने भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा प्रशान्त सुशील र सुपुस्पासँगै प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, टिका पहारी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्