सायासँग गुनासो छैन अतितलाई



रंगखबर, काठमाडौँ – फिल्म ‘समर लभ’को स्याड भर्सन ‘गुनासो छैन’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको शब्द, संगीतमा फिल्मका मुख्य पात्र साया र अतितको विछोड पश्चातको पिडा दर्साइएको छ । कथाको साया पात्र रेवती क्षेत्रीले निर्वाह गरेकी छन् । भने, अतितको रुपमा आशिष पिया छन् ।

गीतको भोकल र एरेन्जमा भने रिकेश गुरुङ छन् ।

मुस्कान ढकाल निर्देशित ‘समर लभ’ साहित्यकार सुबिन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’माथि आधारित छ । फिल्ममा रेवती र आशिषसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिकलगायतका कलाकारको अभिनय छ ।

माघ २५ मा रिलिज हुने फिल्म मा सामिप्यराज तिमिल्सिनाको पटकथा, उनि र साहित्यकार सुबिनकै संवाद छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्