‘एलिटा : ब्याटल एन्जल’ एक हप्ता अघि नै नेपालमा



रंगखबर, काठमाडौँ- ‘एलिटा : ब्याटल एन्जल’ पर्खाई मा बसेका लागि खुसीको खबर आएको छ । अमेरिकाभन्दा साता पहिल्यै दर्शकले क्यामरुन निर्मित साइवरपंक एक्सन फिल्म ‘एलिटा : ब्याटल एन्जल’ हेर्न पाउनेछन् ।
१४ फेब्रुवरीमा वर्ल्ड वाईड रिलिज हुन् लागेको फिल्मलाई नेपाली दर्शकले भने एक साता अघिनै हेर्न पाउँने भएका छन । दर्शकको अधैर्यतालाई ध्यानमा राखेर फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले फेव्रुअरी १० मा ‘पेड प्रिभ्यू’ सोज आयोजन गरेका छन् ।

उक्त प्रिमियर  एक्सक्लुसिभ हुनेछ जसमा दर्शकले ५ सय रुपैया खर्चेर फिल्म हेर्न पाउनेछन् । ‘पेड स्निक प्रिभ्यू’ नाम दिइएको सोज टिकट क्यूएफएक्सको लबिम र छायाँ हलमा उपलब्ध छ । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठका अनुसार सामाजिक संजालमा लोकप्रिय सेलेव्रिटी, उद्यमी, मिडियकर्मी र फ्यानलाई फिल्म देखाइनेछ ।

क्यामरुन र जोन लेन्डु निर्मित फिल्मलाई सिन सिटी निर्देशक रोबर्ट रोड्रिग्युजले निर्देशन गरेका हुन् । जापानी मंगा कलाकार युकितो किसिरोले सन् १९९० मा सिर्जना गरेको गम नामक साइवरपंक सिरिजमा फिल्म आधारित छ ।

प्रतिक्रिया दिनुहोस्