‘एभेरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ हङकङमा



पछिल्लो समय नेपाली फिल्म तथा गीतसंगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन् । यसकिसिमको गतिविधिले नेपाली फिल्मलाई प्रवद्धनमा टेवा पुर्याउने बुझिएको छ । यसै शिलशिलामा हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्म अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् , जसमा तिन विधा आदिवासी फिल्मको पनि रहनेछन् । यसका साथै एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ । तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । आउदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय पपुल्यारिटीसँगै जुरीमा समेत रहनेछ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको अवार्ड कार्यक्रममा एभेरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापा , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , चलचित्र प्राविधिक संघका आध्य्क्षा पुष्कर लामा , वितरक गोपाल कायस्थ , निर्माता तथा हल संचालक प्रदीप दाहाल , निर्देशक तथा पत्रकार डब्बु क्षेत्री , अभिनेता गौरव पहाडी , अभिनेत्री अरुणा कार्की लगायतको उपस्थिति रहेको थियो । अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी ,मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली , मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु , लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु रहेका छन् ।

यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रम कोर्डिनेट गर्नेछन् भने यसलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन् । यसैगरी निर्णायक मण्डलमा मध्यका एक सदस्य कलाकार सुनिल थापा रहेको कार्यक्रममा जनाइयो । उपस्थित सम्पूर्णले अवार्ड कार्यक्रमलाई सफलता शुभकामना दिएका थिए । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् भने यसको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ भने फर्म समेत निशुल्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्