रिलिज भयो ‘समर लभ’, कस्तो छ त फिल्म ?



रंगखबर, काठमाडौँ – मुस्कान ढकाल निर्देशित फिल्म ‘समर लभ’ रिलिज भएको छ । सुबिन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’माथि निर्माण भएको फिल्म यो साताको लागि सोलो रिलिज हो । यसका अलावा बलिउड फिल्म ‘अमावस’ पनि रिलिज भएको छ ।

देशका लगभग सबै हलमा रिलिज भएको फिल्मलाई शुक्रबार विहान पत्रकार माँझ देखाइएको थियो । समग्रमा फिल्मले सकारात्मक प्रतिक्रिया पायो । लेखक भट्टराईले उपन्यासको मर्म फिल्मले नमारिकन प्रतुस्त गरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै पत्रकारको टिमबाट भने फिल्मलाई मिश्रीत प्रतिक्रिया प्राप्त भएको छ ।

विशेषत फिल्मको कास्टिङलाई लिएर बिभिन्न खाले प्रतिक्रिया सुनिए । प्राय:ले फिल्मको कास्टिङलाई झुर भनिदिँदा केहिले पहिलो प्रयास सन्तोषजनक रहेको बताए । कथाको मुख्य पात्र स्वरुप ‘साया’को रोल रेवती क्षेत्रीले निर्वाह गरेकी छन् । भने, अतितको भूमिकामा आशिष पिया छन् ।

कथाको माग अनुसार आशिषको लूक्स र अभिनयले सुट गरेको छैन । रेवती कुनै दृश्यमा ठिक-ठाक देखिए पनि प्रायमा असहज देखिएकी छन् । अन्य कलाकार नम्रता सापकोटा, शिशिर भण्डारी र सुरज सिंह ठकुरीले भूमिकालाई न्याय गरेका छन् ।

फिल्मको संवादले दर्शकको मन छुन्छ । प्रस्तुतिमा खासै नयाँपन छैन । ‘समर लभ’लाई जस्ताको तस्तै उतार्ने क्रममा निर्देशकीय पक्षबाट कुनै जोखिम उठाइएका छैनन् । ताकी फिल्ममा थप-घट गर्न सकिन्थ्यो । सामिप्यराज तिमिल्सिनाले लेखेको पटकथा सरसर्ती बगेको छ । 

प्रतिक्रिया दिनुहोस्