हिउँमा हट प्रियंका



रंगखबर, काठमाडौँ – प्रियंका कार्की हट अभिनेत्री हुन् । रिलमा होस् या रियल लाइफमा उनि छोटा कपडामै रमाउछिन । उनले लगाउने पहिरन र प्रस्तुत हुने तरिका हट देखाउँछ ।

अहिले फिल्म ‘हजार जुनीसम्म’को छायाँकनमा व्यस्त रहेकी प्रियंकालाई दर्शकले पुन हट अवतारमा देख्न सक्नेछन् । पुष, माघ महिनाको जाडो । त्यसैमा हिउँ जमेको माइनस ५ डिग्रीमा प्रियंकाले मौसमलाई नै च्यालेन्ज गरेकी छन् । सेटबाट सार्वजनिक भएका पोस्टरमा उनि बोल्ड देखिएकी छन् ।

फिल्ममा आर्यन सिग्देलसँग जोडी बाँधेकी प्रियंकाले पुर्वप्रेमिकाको भूमिका निर्वाह गरेकी छन् । आर्यन भने फिल्ममा बुबाको भूमिकामा छन् । बिकासराज आचार्यले निर्देशन गरिरहेको फिल्मबाट अक्की प्रधानको डेब्यु गर्दैछन् । उनि आर्यनको छोराको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्