‘यात्रा’को अघिल्लो ‘यात्रा’का केहि तस्विर



रंगखबर, काठमाडौँ – नयाँ वर्षको अवसर पारेर चैत २९ गते फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’ रिलिज हुँदैछ । दर्शक माँझ प्रतिक्षित फिल्ममा सलिनमान बनियाँले मुख्य भूमिका निर्वाह गरेका छन् ।

पहिलो फिल्म ‘ए मेरो हजुर २’बाटै नोटिस भएका सलिनले यसपटक ‘ए मेरो हजुर ३’सँग प्रतिस्पर्धा गर्नु पर्नेछ । वर्षकै प्रतिक्षित फिल्म ‘ए मेरो हजुर ३’मा झरना थापा पुत्री सुहाना थापा र अनमोल केसीले जोडी बाँधेका छन् । त्यसैले स्वस्थ प्रतिस्पर्धा अहिलेदेखि नै सुरु भैसकेको छ ।

केहि दिन अगाडी रिलिज भएको ‘यात्रा’को टिजरले अनमोल स्टारर ‘क्याप्टेन’को ट्रेलरलाई ट्रेन्डिङमा आउँन दिएको थिएन । एकै युट्युब च्यानलबाट सार्वजनिक भएका टिजर र ट्रेलरले गतिलैसँग दर्शकको ध्यान खिचे । 

‘यात्रा’को अघिल्लो ‘यात्रा’स्वरुप आगामी साता शिर्ष गीत सार्वजनिक गरिदैछ । नेपालका फ्रेस पहाडी इलाकामा खिचिएको गीतले पर्यटन प्रवद्दनमा टेवा पुर्याउने निर्माण टिमले बताउदै आएको छ । भ्लगिस्टको भूमिकामा देखा परेका सलिनमान फिल्मबाट निक्कै आशावादी छन् । उसो त उनले यसपटक आफुलाई मन पर्ने भूमिका निर्वाह गर्न पाएका छन् । त्यसैले शतप्रतिशत दिएको उनमा भान छ ।

सम्राट शाक्य निर्देशित फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ ।

केशव भट्टराईले निर्माण गरेको फिल्मका केहि तस्विर गीत रिलिजको पुर्वसन्ध्यामा सार्वजनिक गरिएका छन । जुन तस्विरहरु गीतसँग सम्वन्धित छन् ।

प्रतिक्रिया दिनुहोस्