‘गली व्वाय’लाई तारिफ, रणवीरको सर्वोत्कृष्ट काम



रंगखबर, काठमाडौँ – ६९ औँ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा बलिउड फिल्म ‘गली व्वाय’ले प्रशंसा बटुलेको छ । स्पेशल सेक्सन मार्फत गरिएको पहिलो प्रिमियरमा दर्शकले फिल्मको मुक्तकण्ठाले प्रशंसा गरेका छन् ।

जोया अख्तर निर्देशित फिल्मको निर्देशन, कथा, संगीत, सम्पादन, प्रस्तुति, पटकथा, संवाद, अभिनयलाई बलियो भनेर व्याख्या गरिएको छ । विशेषत फिल्मबाट रणवीर सिंह तारिफ बटुलेका छन् । फिल्ममा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय बताइएको छ ।

भ्यालेन्टाइनको अवसरमा १४ फेब्रुअरिमा रिलिज हुने फिल्मले स्ट्रिट र्यापरको कथा बुनेको छ । फिल्ममा आलिया भट्टले पनि मुख्य भूमिका निर्वाह गरेकी छन् । 

निर्देशक अख्तर र रीमा कागतीको पटकथा रहेको फिल्ममा विजय मौर्याको संवाद छ । फिल्मलाई रितेश सिध्वानी, जोया अख्तर र फरहान अख्तर मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्