सलिनमानको ‘यात्रा’ सुरु (भिडियो)



रंगखबर, काठमाडौँ – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘पन्छी पन्छी’ बोलको गीतले शिर्षकिय भाव बोल्छ । काठमाडौँदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा सलिनमान बनियाँले मस्ती गरेका छन् ।

प्रतिक पौडेलको शब्द, संगीत रहेको गीतमा अन्य चार कलाकारलाई पनि प्रस्तुत गरिएको छ । प्रविण सिंहद्वारा कोरियोग्राफी भरिएको गीतमा मेलिना राई, धर्मेन्द्र सेवन, प्रेक्षा बज्राचार्य र उपकर पाण्डेको स्वर छ । 

सम्राट शाक्य निर्देशित फिल्ममा सलिनमान भ्लगिस्टको भूमिकामा छन् ।  

फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ ।  

केशव भट्टराईले निर्माण गरेको फिल्म नयाँ वर्षको अवसर पारेर चैत २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्