‘परी’मा विपिन र सृष्टिको जोडी



रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्कीको पछिल्लो रिलिज ‘गोपी’ बक्सअफिसमा सुपरफ्लप भयो । त्यसको तनावबाट थिग्रिन नपाउँदै विपिन नयाँ फिल्मसँग जोडिएका छन् ।

उनको मुख्य भूमिका रहनेगरि ‘परी – उड्न देउ’ घोषणा गरिएको छ । म्युजिक भिडियो निर्देशन र सम्पादन कार्यमा परिचित निशान कश्यप घिमिरेले निर्देशन गर्ने ‘परी’ मुख्य पात्रमा सृष्टि खड्काले फाइनल भएकी छन् । कश्यप र सृष्टिका लागि ‘परी’ डेब्यु हुनेछ ।

नेपाली नयाँ वर्ष पछि छायाँकनमा जाने फिल्म पारिवारिक, सस्पेन्स, थ्रिलर बताइएको छ । फिल्मको कथाबस्तुको बारेमा खुलाइएको छैन । भने, अन्य कलाकार पनि फाइनल भएका छैनन् । मुख्य कलाकार छिट्टै नै वर्कसपमा व्यस्त हुनेछन ।

डेढ करोड बढीको बजेटमा निर्माण हुने बताइएको फिल्ममा रुपेशमान अमात्यले लगानी भर्नेछन् । नेपालसँगै भारतको राजस्थानमा छायाँकन गरिने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

फिल्ममा निर्देशक स्वयम्को कन्सेप्ट र निपिल शर्माको लेखन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्