हिमाँशु र सँताेषकाे मेरी आमा



रंगखबर, काठमाडौँ- लामाे समयदेखि सँगीतमा सक्रिय हिमाँशु रायमाझीकाे शव्दमा गायक सँताेष परियारकाे ” मेरी आमा ” बाेलकाे गीत सार्बजनिक भएकाे छ। गीतमा स्वर र सँगीत सँताेष परियारकाे नै रहेकाे छ। सँगीत सँयाेजन प्रशन परियारले गरेका छन् । गीतमा फराज अर्पणकाे छायँकन रहेकाे छ । गीतमा रश्मि भट्ट, स्याम राेक्का, विशाल थापा, हिमाँशु रायमाझी र स्वयम् सँताेष परियारकाे नै अभिनय रहेकाे छ । भिडियाे व्यवस्थापन बिक्रम तामाङ्गले गरेका छन् भने अहिलेका ब्यस्त निर्देशक दिलिप समनकाे निर्देशन रहेकाे छ ।

याे भन्दा अघि गायक सँताेष परियारकाे महल र याे जुनीमा भन्ने गीत बजारमा आइ सकेकाे छ । रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपाल आइडल बुद्ध लामाकाे स्वरमा आफ्नो गीत निकालि सकेकी छिन् । मेरी आमा गीतले दर्शक स्राेताकाे मन जित्ने कुरामा निर्माण पक्ष बिस्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्