रणवीरले राखीलाई भने ‘भारतको रकस्टार’



रंगखबर, काठमाडौँ – अभिनेता रणवीर सिंहको यतिबेला बलिउडमा सर्वाधिक चर्चा भैरहेको छ । गत वर्ष रिलिज भएको ‘पद्मावत’ पश्चात दीपिका पादुकोणसँगको विवाह र ‘सिम्बा’को बक्सअफिस सफलताले खबरमा छाइरहे ।

अहिले प्रदर्शनमा मुखमा रहेको ‘गली व्वाय’का कारण चर्चामा छन् । बर्लिन फिल्म फेस्टिभलबाट आएको प्रतिक्रिया अनुसार उनले करिअरकै उत्कृष्ट अभिनय ‘गली व्वाय’मा पस्केका छन् । अब हेर्न बाँकी छ, सार्वजनिक प्रदर्शन पछि कस्तो प्रतिक्रिया पाउनेछन् ।

यसैबीच भारतीय कलाकार राखी सावन्तको बारेमामा दिएको बयानले पुन: चर्चाको शिखरमा पुर्याईदिएको छ । एक अन्तरवार्ताका क्रममा उनले राखीलाई भारतीय रकस्टारको उपमा दिएका छन् ।

उनलाई अन्तरवार्तामा सोधिएको थियो ‘भारतमा को तपाईलाई रकस्टार जस्तो लाग्छ ?’ उनले राखी सावन्त रकस्टार जस्तो लाग्ने बताएका थिए । राखी आफ्नो विवादित अन्तरवार्ता, उत्तेजित बोलि र भल्गर नृत्य/ड्रेसअपका कारण चर्चामा रहन्छिन । तर, उनलाई मन नपराउनेको संख्या धेरै छ ।

राखी आफ्नो बहिनि रीतिका भवानानीको निक्कै नजिकको साथि रहेको पनि रणवीरले खुलासा गरेका छन् । यसका अलवा पत्नी दीपिका पादुकोणसँग पनि राखीको दोस्ती छ ।

प्रतिक्रिया दिनुहोस्