दिशालाई रिप्लेस गर्दै ‘बाघी ३’मा श्रद्दाको इन्ट्री



रंगखबर, काठमाडौँ – लामो समयदेखि कास्टिङका कारण चर्चामा रहेको फिल्म ‘बाघी ३’को लागि लिड हिरोइन फाइनल भएकी छन् । दिशा पटानी फिल्म रहने चर्चाका वावजुत श्रद्दा कपूरले इन्ट्री मारेकी छन् ।

अब एक्सन हिरो टाइगर श्रोफसँग श्रद्दाले जोडी बाँधेछिन् । यसअघि श्रद्दा ‘बाघी’मा पनि लिड थिइन् । ‘बाघी २’मा भने दिशाले टाइगरसँग स्क्रिन शेयर गरेकी थिइन् । 

२०१६ को ‘बाघी’ र ०१८ को ‘बाघी २’ बक्सअफिसमा सुपरहिट भएका थिए । ‘बाघी’ सिरिजबाटै टाइगर एक्सनमा निक्कै जमेका छन् । उनको ‘स्टुडेन्ट अफ द इयर २’ यहि वर्ष रिलिज हुँदैछ । अहमद खानले निर्देशन गर्ने फिल्मलाई २०२० को मार्च ६ मा रिलिज गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्