कलेज पुगेर आशिरमानले गरे प्रेम र बिछोडका कुरा



रंगखबर, काठमाडौँ – फागुन १७ मा रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ले आइतबार सरस्वती पूजाको फाइदा उठाएको छ । श्री पन्चमीको अवसर पारेर पुल्चोक इञ्जिनियरिङ कलेज पुगेको टिमले हजारौँ क्राउड माँझ फिल्मको प्रचार गरेको थियो ।

कलाकार आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्कीले केहि समय फिल्म गीतमा ठुम्का समेत लगाए । युवा पुस्ता लक्षित फिल्मको प्रसंगस्वरुप आशिरमानले बिद्यार्थीसँग लभ र ब्रेकअपका बारेमा सोधपुछ गरेका थिए ।

कार्यक्रम पश्चात कुरा गर्दै आशिरले फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताएका थिए । पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ‘दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताएका थिए ।

हेमराज बिसी निर्देशित फिल्मले प्रेमकथा बोकेको छ । फिल्ममा शिल्पा मास्के र सरोज खनालले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मलाई रुपक थापा, दीपक खतिवडा र रेणु राणाले सयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्