रंगखबर, काठमाडौँ- नेपाली फिल्म नगरीका चर्चित जोडी बर्षा राउत र संजोग कोईरला आज अर्थात् प्रेम दिवशका दिन एक भएका छन यानाकी यी मायालु जोडीले आजै लगन गाठो कसेका छन ।
![](https://www.rangakhabar.com/wp-content/uploads/2019/02/barsha-sanjog.jpg)
हिन्दु परम्परा अनुसार दुवैले विवाह गरेका छन । करिव ७ बर्षबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवहा निकै प्रतिक्षित रहेको थियो।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/52475695_2253340614925340_1651489584728506368_n.jpg?fit=720%2C479)
प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहदा दुवै निकै उत्साहित रहेका छन्। विवाह गरेसँगै दुवैलाई फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामाना सहित आशिर्वादको ओईरो लागेको छ ।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/52576410_2220429408206805_2328846454619111424_n.jpg?fit=720%2C480)
निकै रुचाईएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा केहि दिन अघि मात्र ‘इन्गेजमेन्ट गरेका थिए । प्रेम दिवशको दिन पारेर विवाह गरेका यी जोडीको रिसेप्सन पार्टी भने भोलि हुनेछ । बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/52123819_2220429484873464_5539756630649864192_n.jpg?fit=720%2C480)
तस्बिर : फोटो पसल
भिडियो हेर्नुस
https://www.youtube.com/channel/UCdQp3HExeWbj9V_GUCt02jw/videos