बर्षा र संजोगले कसे लगनगाठो – तस्बिरहरु



रंगखबर, काठमाडौँ- नेपाली फिल्म नगरीका चर्चित जोडी बर्षा राउत र संजोग कोईरला आज अर्थात् प्रेम दिवशका  दिन एक भएका छन  यानाकी यी मायालु जोडीले आजै लगन गाठो कसेका छन । 

हिन्दु परम्परा अनुसार दुवैले विवाह गरेका छन । करिव ७ बर्षबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवहा निकै प्रतिक्षित रहेको थियो।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहदा दुवै निकै उत्साहित रहेका छन्। विवाह गरेसँगै दुवैलाई फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामाना सहित आशिर्वादको ओईरो लागेको छ ।

निकै रुचाईएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा केहि दिन अघि मात्र  ‘इन्गेजमेन्ट गरेका  थिए । प्रेम दिवशको दिन पारेर विवाह गरेका यी जोडीको रिसेप्सन पार्टी भने भोलि हुनेछ । बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।

तस्बिर : फोटो पसल

भिडियो हेर्नुस

https://www.youtube.com/channel/UCdQp3HExeWbj9V_GUCt02jw/videos

प्रतिक्रिया दिनुहोस्