निरुताको कर्ली कपालमा अल्झिए भुवन र अनमोल



रंगखबर, काठमाडौँ- यस वर्ष कै प्रतिक्षित मानिएको फिल्म हो क्याप्टेन । अनमोल केसी स्टारर फिल्म अहिले आम दर्शक माझ बहु प्रतिक्षित नै बनिरहेको छ भन्दा फरक नपर्ला । केहि समय अघि ट्रेलर र पहिलो गीत दर्शक माझ आई सकेको फिल्मको अब भने दोश्रो गीत सार्वजनिक भएको छ ।  ‘कर्ली कर्ली कपाल’ बोल रहेको गीत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरीएको हो । गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् भने अनमोल र भुवनले पनि मज्जाले नै कम्मर भाँचेका छन । गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत एसडी योगी सुशान्त गौतमको रहेको छ । गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् ।

यहि १७ गते बाट देशभर प्रदर्शन हुने फिल्मलाई भुवन केसीले निर्माण तथा दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फुटबल खेलाडिको कथामा आधारित फिल्ममा सामिप्य राज तिमिल्सीनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायांकन, दिर्ग खड्काको सम्पादन रहेको छ । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्