चलेन बाबु-छोरीको पेयरिङ



रंगखबर, काठमाडौँ – बाबु -छोरी अनिल कपूर र सोनम कपूर अहुजाले पहिलो पटक स्क्रिन शेयर गरेको फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ बक्सअफिसमा फ्लप सावित भएको छ । 

घरेलु बक्सअफिसमा जेनतेन दुई साता टिक्दा फिल्मले २० करोड मात्र कमाई गर्न सक्यो । २५ करोड प्रोडक्सन खर्च र १० करोड ‘प्रिन्ट एण्ड एड्भरटाइजिङ’ खर्च जोड्दा फिल्मले १५ करोड घाटा बेहोरेको छ ।

फिल्मले बाबु-छोरीको प्रेमकथालाई उठान गरेको थियो । समिक्षक र दर्शकले रुचाएको फिल्ममा अनिल र सोनम बाबु-छोरीको भूमिका मै थिए । जहाँ सोनमले समलिंगी महिला (लेजबियन)को भूमिका निर्वाह गरेकी थिइन् । यी दुईका अलावा राजकुमार राव, जुही चावला, रेजिना कास्सन्द्राको फिल्ममा मुख्य भूमिका थियो ।

तामिल र तलेगु फिल्ममा स्थापित रेजिनाले यहि फिल्म मार्फत बलिउड डेब्यु गरेकी थिइन् । तर, उनको पहिलो गाँसमा ढुंगा परेको छ । फिल्ममा उनि सोनमको प्रेमिकाको भूमिकामा थिइन् । फिल्मलाई सेल्ली चोपडा धरले निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्