कृष्ण र बिन्दुको घरबार बनाउँदै पल-आँचल



रंगखबर, काठमाडौँ-  नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन् । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ ।

गीत हेर्नुस:

‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ , आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’ कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेकाछन् भने यसलाई निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्