‘पुरानो बुलेट’ ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बु अभिनित फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । भिषण राई निर्देशित फिल्मको ट्रेलरमा कमेडी, प्रेम र पिडालाई स्थान दिइएको छ ।

चैत १ गते रिलिज हुने फिल्ममा अनुपबिक्रम लिड रोलमा छन् । प्राय: फिल्ममा सहायक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका अनुपले सोलो उपस्थितिमा कस्तो प्रभाव पार्लान भन्ने चर्चा सुरु भैसकेको छ ।

नेपाल रिलिज अगावै विदेशमा भएका शोबाट फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताललगायतका कलाकारले अभिनय गरेका छन् ।

सन्तोष राईले कार्यकारी निर्माण सम्हालेको फिल्ममा अशोककुमार राई, टिकाराम राई, बिरेन सम्बा र दीपेन लिम्बुले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्