‘आप्पा’ गीत रिलिज, दयाहाङलाई सुपरस्टारको सम्बोधन



रंगखबर, काठमाडौँ – भारतीय केहि फिल्मको ट्रेलर, टिजरमा ख्याति कमाएका कलाकारलाई सुपरस्टार, मेगास्टार जस्ता सम्बोधन दिइन्छ । यसले त्यस्ता चर्चित कलाकारलाई सम्मान हुन्छ ।

यो प्रचलन बिस्तारै नेपाली फिल्ममा पनि मौलाउन थालेको छ । केहि दिन अगाडी ‘ए मेरो हजुर ३’को टिजरमा अनमोल केसीलाई मेगास्टारको सम्बोधन गरियो । यस्तै जेठ २६ गते रिलिज हुने फिल्म ‘आप्पा’मा दयाहाङ राईसँग सुपरस्टारको ट्याग झुन्ड्याइएको छ ।

‘साँझ परेपछि’ बोलको गीतमा सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा बीचको प्रेम बुनिएको छ । गीतसँग भने दयाहाङको कुनै सम्बन्ध झल्किदैन । अनमोल गुरुङकै शब्द, संगीत रहेको गीतमा स्नेहश्री थापा र अनमोल स्वयमको स्वर छ ।

बाबु-छोराको कथा भन्ने ‘आप्पा’मा रुदेन सदा लेप्चाको लगानी छ । भने, कार्यकारी निर्मातामा माबो चेम्जोङ छन् ।

प्रतिक्रिया दिनुहोस्