‘साइँली’को ‘प्याट प्याटे चप्पल’मा दिल बसाउदै दयाहाङ र गौरव



रंगखबर, काठमाडौँ – चैत १५ गते रिलिज हुने फिल्म ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बरको ‘प्याट प्याटे’मा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंहको प्रेम दर्साइएको छ ।

हर्क साउदले लेखेको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत छ । भने, भिडियोमा बिक्रम स्वाँरले मौलिक कोरियोग्राफी भरेका छन् । फिल्मको ‘नाँच माया’ बोलको गीत चार्टबस्टरमा हिट भैसकेको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘साइँली’मा मेनुका शिर्ष भूमिकामा छिन् । त्यस्तै दयाहाङले विरमान र गौरवले पिताम्बर थापाको भूमिका निर्वाह गरेका छन् ।

विशाल गुरुङ र मोहन राणा मगरले निर्माण गरेको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौलालगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्