‘कप्स’को गीतमा रोमान्टिक अनुपबिक्रम र सन्दिपा



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘कप्स’को पहिलो गीत सार्वजनिक गरिएको छ । विजय घिमिरेको शब्द/संगीत रहेको ‘तिमि र म’ बोलको गीतमा अनुपबिक्रमसँग सन्दिपा लिम्बु फिचरिङ छिन् ।

संगीतकार घिमिरे र नीतु गुरुङले स्वर दिएको गीतमा शिशिर खतिले कोरियोग्राफी भरेका छन् । 

सम्राट सापकोटा निर्देशित फिल्ममा अनुपबिक्रम डीएसपी अमन सिंहको भूमिकामा छन् । उनि एक सच्चा प्रहरीको भूमिकामा हुने निर्देशक सापकोटाले बताए । यहि फिल्मबाट सन्दिपाले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।

फिल्ममा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको पनि अभिनय छ ।

आर्या मुभिज र सारा श्री मुभिजको व्यानरमा निर्मित फिल्मले राजनीति, प्रहरी प्रशासन र जनता कथा भन्छ । एक्सन लभस्टोरी फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, अष्ट महर्जनको द्वन्द, विजय घिमिरे/स्वयम्भुराज शाक्यको संगीत र कविराज गहतराज/शिशिर खातीको कोरियोग्राफी छ ।

यसअघि चैत ८ गते रिलिज हुने भनिएको फिल्म अब भने बैशाख २७ मा रिलिज हुनेछ । बिभिन्न समस्याले गर्दा पुर्वनिर्धारित मितिमा फिल्म रिलिज गर्न नसकिएको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्