प्रदीपको कन्सेप्टमा अनमोल, स्क्रिन शेयरको प्रवल सम्भावना



रंगखबर, काठमाडौँ – अहिले प्रतिस्पर्धिको रुपमा १ नम्बरमा चर्चा हुने भनेकै अनमोल केसी र प्रदीप खड्काको हो । दुवैको प्रशंसक र बक्सअफिससँग जोडिएर अत्याधिक कुरा गरिन्छ । तर, यसलाई प्रदीपले ‘हेल्दी’ प्रतिस्पर्धा भन्छ रुचाउछन् ।

उनी भन्छन ‘हाम्रो प्रतिस्पर्धा छ । तर, हेल्दी छ । हामि एक-अर्काका प्रशंसक पनि हौँ । राम्रो साथी पनि बनेका छौँ ।’ बाहिर जस्तो चर्चा हुने भएपनि यी दुई अभिनेता विच कुनै इगो/झगडा नभएको प्रदीप बताउछन् ।

एक भिडियोमा दिएको अन्तरवार्तामा प्रदीपले अनमोलसँग स्क्रीन शेयर गर्ने प्रवल सम्भावना रहेको खुलाएका छन् । दुई अभिनेता चाहिने कन्सेप्ट प्रदीपको दिमागमा फुरिरहेको छ । जसको लागि उनि अनमोल र आफुलाई देख्छन । अहिले दुवै जना पाइपलाइनका फिल्ममा व्यस्त छन् । समय मिल्न बितिकै यो कन्सेप्टमा प्रदीप र अनमोललाई सँगै देख्न सकिने सम्भावना रहेको उनले बताएका छन् ।

यो बाहेक अन्य दुई/तीन ओटा कन्सेप्टमा पनि कुरा भैरहेको प्रदीपले बताएका छन् । एक-अर्काका प्रतिस्पर्धि भनेर चिनिने प्रदीप र अनमोलले स्क्रिन शेयरलाई लिएर दर्शक तथा प्रशंसक प्रतिक्षामा छन् ।

अनमोलको ‘क्याप्टेन’ यहि फागुन १७ र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुँदैछ । भने, प्रदीपको ‘लभ स्टेशन’ चैत २२ का लागि तयार छ ।

तस्विर: गूगल

प्रतिक्रिया दिनुहोस्