प्रेमिल संवादले भरिपूर्ण ‘जानी नजानी’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – चैत १ गते रिलिज हुने फिल्म ‘जानी नजानी’को ट्रेलर रिलिज भएको छ । बसन्त अधिकारी निर्देशित फिल्मको ट्रेलरमा लभ, रोमान्स, कमेडी र पिडालाई प्रस्तुत गरिएको छ ।

नेपालसँगै भारतको मनालीमा छायाँकन गरिएको फिल्मको ट्रेलर कलरफुल बनाएको छ । मेकिङमा रिच देखिएको फिल्मलाई पूर्णत: व्यावसायिक ढंगबाट प्रस्तुत गरिएको छ । प्रेमिल संवादसहितको ट्रेलरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतले स्थान पाएका छन् ।

युवापुस्ताको प्रेमसँगै दायित्वलाई पनि आत्मसाथ गरेको फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । सामिप्यले लभस्टोरीमा ‘ए मेरो हजुर २’ र ‘नाई नभन्नु ल ५’ जस्ता सफल फिल्म लेखिसकेका छन् ।

फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन् । उनले निर्माण गरेको ‘डा. खाते’ विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा स्क्रिनिङ समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्