अनमोल/आशिरमान भिडन्त, निर्देशकलाई आशिरमान नै प्यारो



रंगखबर, काठमाडौँ – यो वर्षको बाँकी डेढ महिना रहँदा केहि प्रतिक्षित फिल्म रिलिजको तयारीमा छन् । बक्सअफिस र चर्चा जोडिएर आउने फिल्ममा अनमोल केसीको ‘क्याप्टेन’ र आशिरमान देशराज जोशीको ‘द ब्रेकअप’ छन् ।

यी दुवै फिल्म फागुन १७ मा रिलिज हुँदा विशेषत चर्चामा छन् । अनमोल र आशिरमान पछिल्लो समय युवापुस्ता नोटिस कलाकार हुन् । त्यसैले बक्सअफिसमा यी दुईको स्टारडम चलखेल हुँदैछ । रोचक कुरा त के छ भने दुवै अभिनेतालाई फिल्म क्षेत्रमा स्थापित बनाउने सुरुवाती फिल्मका निर्देशक हेमराज विसी हुन् ।

हेमराजले अनमोलसँग ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’मा काम गरे । सबै फिल्म हिट बने । त्यसपश्चात ‘ग्याङस्टर ब्लुज’मा आशिरमानलाई लन्च गरे । अहिले उनैसँगको ‘द ब्रेकअप’का कारण चर्चामा छन् । 

‘ब्रेकअप’ र ‘क्याप्टेन’ जुधाउनुको कारण अनमोल र हेमराज बीच इगोको रुपमा अड्कल काटिएका छन् । खबरका अनुसार ‘ग्याङस्टर ब्लुज’ र ‘ब्रेकअप’को लागि हेमराजको पहिलो रोजाई अनमोल थिए । अनमोलले फिल्म नगरेपछि इगो स्वरुप ‘क्याप्टेन’सँग ‘ब्रेकअप’ जुधाएको चर्चा छ ।

तर, निर्देशकले यस कुराको खण्डन गर्दै आएका छन् । अनमोललाई स्टार बनाउनमा हेमराजको हात रहेको फिल्मवृतमा मुल्याङ्कन पनि भैरहन्छन् । यो कुरामा पनि हेमराज सहमत छैनन् । उनि भन्छन ‘कलाकारलाई स्टार बनाउने काम निर्देशकको होइन, दर्शकको हो ।’

आशिरमानलाई लिएर बनाएको पहिलो फिल्म बक्सअफिसमा फ्लप भएपनि हेमराज अनमोलको भन्दा आशिरमानको कामबाट प्रभावित छन् । त्यसैले ‘ब्रेकअप’मा पनि उनलाई नै लिडमा लिए ।

दुबै अभिनेतासँग दोहोरिएर काम गर्नुभएको छ, अभिनयको अब्बलतामा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा हेमराजले भने, ‘आइ विल गो विथ आशिरमान । व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिन सक्छन्, हेमराजले थपे, ‘ग्याङ्गस्टर ब्लूजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट प्रभावित छु ।’

प्रतिक्रिया दिनुहोस्