हरिहर र कृष्टिनको ‘शुभ लभ’ ट्रेलर



रंगखबर, काठमाडौँ – ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सन्तोष बाबु लोहनी फिल्मको ट्रेलरमा हरिहर लभर व्वायमा प्रस्तुत भएका छन् । उनको अपोजिटमा कृष्टिन पौडेल छिन् । कृष्टिनको पनि यो डेब्यु फिल्म नै हो ।

सुरुवातदेखि नेपाली फिल्मसँग जोडिएका हरिहर ‘शुभ लभ’ खेलेदेखि नै चर्चामा छन् । सामाजिक संजालमा राम्रै चर्चा हुने हरिहरको डेब्यु फिल्मले कस्तो सफलता पाउला ? चर्चा सुरु भैसकेको छ । उसो त नेपाली फिल्मको बक्सअफिस भविष्यवाणी गर्दा हरिहरले खुबै चर्चा कमाउने गरेका छन् ।

हरिहरकै कथा रहेको ‘शुभ लभ’मा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बास्तोला, अनुज पाम्दे, सुर्य थापा, नम्रता सिम्खडा र अजय/सुदिप (एस जोडी)को अभिनय छ ।

चैत १५ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यु निरवीको पटकथा/संवाद र रामेश्वर कार्कीको डिओपी छ | फिल्मलाई धर्मराज शर्मा सुवेदीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्