मीरुनालाई जात्रैमा भेटियो, राजकुमार प्यासै मेटियो



रंगखबर, काठमाडौँ – वरिष्ठ अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साईनो’बाट पहिलो गीत दर्शक माँझ ल्याइएको छ । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीतमा मुख्य कलाकार मिरुना मगर र राजकुमारले कम्मर मर्काएका छन् ।

बसन्त सापकोटाको संगीत रहेको लोक नम्बरमा मेलिना राई र प्रताप दासले स्वर दिएका छन् । चेतन कार्कीले शब्द सृजना गरेको गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् ।

रमेश थापा निर्देशित फिल्म आगामी जेठ १० गते रिलिजका लागि तयार छ । फिल्ममा नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदाश श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्