अनमोललाई ३६, आशिरमानलाई २१.३३ प्रतिशत, बाँकी शोज कुनलाई ?



रंगखबर, काठमाडौँ – फागुन १७ मा नेपाली बक्सअफिस लक्षित तीन फिल्म रिलिज हुँदैछन । यो साता दुई नेपाली र एक बलिउडका युवा अभिनेताले दर्शक रिझाउने छन् ।

अनमोल केसी अभिनित स्पोर्ट ड्रामा ‘क्याप्टेन’, आशिरमान देशराज जोशी अभिनित लभस्टोरी ‘द ब्रेकअप’ र कार्तिक आर्यन अभिनित कमेडी ड्रामा ‘लुका छिपी’  मैदानमा उत्रदै छन् । र यी फिल्मको हाइपलाई मध्येनजर गर्दै देशका ६ ओटा मल्टीप्लेक्सले शोज निर्धारण गरेका छन् ।

१ सय ५० शोज निर्धारण गर्दा यसमा अघिल्ला केहि सातादेखि प्रदर्शन भैरहेका फिल्म पनि छन् । फ्रेस रिलिजले ७२ प्रतिशत शोज ओगट्दा २८ प्रतिशतमा पुराना रिलिज छन् । चर्चा गरौँ कुन फिल्मले कति शोज पाए ?

दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’ले देशभरबाट ३६ प्रतिशत शोज पाएको छ । अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार अभिनित फिल्मलाई क्युएफएक्स सिनेमाजले देशभरका ८ स्टेशनमा ३१ शोज दिएको छ । त्यस्तै बिग मुभिज/एफक्युब/बिएसआरले समान ५/५ शोज निर्धारण गरेका छन् । भने सिडीसी र क्युजले समान ४/४ शोज दिएका छन् ।

अनमोलको स्टारडम स्वरुप ‘क्याप्टेन’ले ५४ शोज हात पारेको छ । तर, जुन चर्चा अनमोलको हुन्छ, त्यसलाई आत्मसाथ गर्न सकेको छैन । अघिल्लो साता रिलिज ‘टोटल धमाल’ले दोस्रो सातामा पनि २० प्रतिशत शोज कायम राख्दा ‘क्याप्टेन’लाई धक्का पुगेको छ ।

त्यस्तै हेमराज बिसी निर्देशित ‘ब्रेकअप’ले २१.३३ प्रतिशत शोज अतिक्रमण गरेको छ । ठुला फिल्म रिलिजको भिडमा ‘ब्रेकअप’को शोज संख्यालाई सम्मानजनक मान्न सकिन्छ । उसलाई क्युएफएक्सले २०, बिग मुभिज/एफक्युबले समान ३/३ र सिडिसी/बिएसआर/क्युजले समान २/२ शोज निर्धारण गरेका छन् ।

‘ब्रेकअप’ले देशभरबाट ३२ शोज हात पर्दा बलिउडको ‘लुका छिपी’ले १४.६६ प्रतिशत शो ओगटेको छ । भने ४.६६ प्रतिशतमा ‘गली व्वाय’, २ प्रतिशतमा ‘एलिटा – ब्याटल एन्जल’ र १.३३ मा ‘बुलबुल’ छन् ।

प्रतिक्रिया दिनुहोस्