कस्तो छ ‘द ब्रेकअप’ ? ‘प्रेस शोमा यस्तो प्रतिक्रिया’



रंगखबर, काठमाडौँ – हेमराज बिसी निर्देशित फिल्म ‘द ब्रेकअप’ फागुन १७ देखि अलनेपाल प्रदर्शनमा आएको छ । आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित फिल्मले प्रदर्शनको दिन बिग मुभिजमा ‘प्रेस शो’ राखेको थियो ।

२ घण्टा ५ मिनेट लामो फिल्म प्रेससँगै टिमले हेर्यो । रोमान्टिक कमेडी फिल्मलाई हल बाहिर निस्किँदा राम्रो प्रतिक्रिया मिल्यो । मध्यम वर्गीय नेपाली युवापुस्ताको प्रेमलाई अधिकाँस पत्रकारले रुचाए ।

सरल कथामा सरल प्रस्तुति पस्केको फिल्मले २ घण्टा दर्शकलाई होल्डओभर गर्न सक्ने पत्रकारको प्रतिक्रिया थियो । कहिँ कतै केहि स्लो लागेपनि समग्रमा फिल्मले बोरिङ गर्दैन । अस्ट्रेलिया र पोखराको रमणीय दृश्यसँग आशिरमान र शिल्पा बीचको प्रेमलाई निर्देशकले मज्जैले प्रस्तुत गरेका छन् ।

फिल्मका सम्पूर्ण गीत प्रिय छन् । आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ र इच्छ्या कार्कीले भूमिका अनुसार राम्रो काम गरेका छन् । विशेषत डेब्यु फिल्मबाटै शिल्पाले अभिनयमा सम्भावना देखाएकी छन् । अन्त्यमा निर्देशक बिसीलाई पत्रकारले बधाई तथा शुभकामना दिदै फिल्मका कमि-कमजोरी औल्याईदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्