‘चट्ट रुमाल ‘को रिमेकमा सलिनमान र सलोनको ठुम्का



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली फिल्ममा पुराना गीतलाई रिमेक गर्ने चलन मौलाउँदै छ । यो वर्ष रिलिज ‘आज हाम्रो भेट भाको दिन’ र ‘पिरतीको मिठो तिर्सना’ रिमेकलाई दर्शकले रुचाए ।

अब फिल्म ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल’को रिमेक दर्शकमाँझ आउने भएको छ । चैत २९ रिलिज डेट तय गरिएको फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’मा यसलाई समावेश गरिएको छ । केहि दिन अगाडी शम्भुजित बाँस्कोटाको हिट गीतको रिमेक छायाँकन गरिएको छ ।

जहाँ सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जाहन्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाले कम्मर मर्काएका छन् । गीतको ओर्जिनल भर्सनमा भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले नृत्य पस्केका थिए । गीतमा कलाकारलाई प्रविण सिंहले नचाएका छन् ।

यसको ओर्जिनल गीतमा बाबुराम दाहालको शब्द, शम्भुजित बाँस्कोटा र साधना सरगमको स्वर थियो । नयाँ भर्सनलाई राजन इशानको एरेन्ज, धर्मेन्द्र सेवान र मेलिना राईको स्वर छ ।

सम्राट शाक्य निर्देशित ‘यात्रा’मा सलिनमानसँगै सलोन बस्नेत, जाहन्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ । फिल्मलाई चर्चित कलाकार केशब भट्टराईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्