‘क्याप्टेन’को तीन दिने व्यापार २ करोड माथि



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले पहिलो विकेन्डमा राम्रो व्यापार गर्न सफल भएको छ । वितरक मनोज राठीले दिएको जानकारी अनुसार तीन दिनमा फिल्मको अलनेपाल ग्रस कलेक्सन २ करोड ४० लाख छ ।

यसमा शुक्रबारको ६५ लाख, शनिबार १ करोड २५ लाख र आइतबार ५० लाखको हिस्सा छ । पहिलो दिन अलिक कमजोर देखिएको फिल्मको व्यापारमा शनिबारको विदाले उल्लेख्य साथ दिएको छ । सोमबार परेको महाशिवरात्रीको विदामा फिल्मले उत्कृष्ट अंक पस्किने अनुमान गरिएको छ । 

सोमबार देशभरका हलमा दर्शकको उल्लेख्य उपस्थिति रहेकाले करोड आसपास ग्रसको अनुमान वितरक राठीले गरेका छन् । दिवाकर भट्टराई निर्देशित फिल्म १ करोड ८० लाखको लागतमा निर्माण भएको हो । बक्सअफिसमा सेफ ल्याण्डिङ हुन् फिल्मले ६ करोड माथिको ग्रस कलेक्सन गर्नु पर्नेछ ।

यो सातामा विहिबार परेको ग्याप्लो ल्होसार, शुक्रबारको नारी दिवस र शनिबारको विदाले फिल्मलाई अंझ सहज हुनेछ । 

इशान खड्का नामक युवाको जीवनमा आइपर्ने उतारचढावमा आधारित फिल्ममा उपासना सिंह, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकारलगायतका कलाकारको पनि अभिनय छ । जहाँ अनमोल फुटबल खेलाडीको भूमिकामा देखा परेका छन् ।

भुवन केसी निर्मित फिल्मलाई समिक्षकबाट भने कमजोर समिक्षा प्राप्त भएको छ । तीनको दिनको राम्रो व्यापारमा अनमोलको स्टारडमले काम गरेको छ । बाँकी दिनको व्यापार फिल्मको ‘वर्ड अफ माउथ’मा भर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्