महाशिवरात्रीमा राजेशको महादेव रुप



रंगखबर, काठमाडौँ – आज फागुन २० गते हिन्दु धर्मालम्बीहरुले महाशिवरात्री विशेष रुपमा मनाइरहेका छन् । अझ विशेषत नेपाल र राजधानी काठमाडौँमा यस पर्व खास तरिकाले मनाइन्छ ।

सरकारले दिएको सार्वजनिक विदामा बिभिन्न क्षेत्रका मानिसहरु घर र मन्दिरमा महादेवको मन्त्र जप्दै उनको पुजाअर्चनामा लागिरहेका छन् । यसको प्रत्यक्ष असर फिल्मकर्मीमा पनि नपर्ने कुरै भएन ।

सोमबार बिहानैदेखि फिल्मकर्मीले महादेवको सम्झनामा स्टाटस लेखिरहेका छन् । यसैबीच अभिनेता राजेश हमालले महादेवको रुपमा आफ्नो तस्विर सार्वजनिक गरेका छन् । जहाँ उनि आधुनिक महादेवको अवतारमा चस्मासहित प्रस्तुत भएका छन् ।

तर, उनले पोस्ट गरेको महादेवरुपी तस्विर उनका फ्यानले तयार गरेका हुन् । अहिले फिल्ममा खासै व्यस्त नभएपनि बिभिन्न ट्रोल पेजबाट उनका नाममा ट्रोल बनिरहेका हुन्छन । उनले दुई तस्विर पोस्ट गर्दै लेखेका छन् ‘बम भोले ह्याड टु अपलोड दिस’ ।

हमाल आफ्नै पनि सामाजिक संजालमा बन्ने ट्रोलको मज्जा लिइरहेका हुन्छन । अहिले रियालिटी शो ‘को बन्छ करोडपति’ मार्फत उनि दर्शकमाँझ पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्