फिल्मकर्मीले रुचाए ‘क्याप्टेन’, पत्रकारले यस्तो बोले



रंगखबर, काठमाडौँ – ‘क्याप्टेन’ फिल्म प्रदर्शनको पाँचौं दिनमा पत्रकार र फिल्मकर्मी माँझ देखाइएको छ । बक्सअफिसमा राम्रो कमाई गरिरहेको फिल्मलाई शोबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

टिमसँगै केहि फिल्मकर्मी उपस्थित शोमा फिल्मले उठाएको कथाबस्तुलाई रुचाइयो । विशेष गरि फुटबल विषय समेटेर यतिको फिल्म निर्माण हुनु यो क्षेत्रका लागि सुखद रहेको अधिकाँसले बोलेका थिए ।

तर, टेक्निकल पक्षमा फिल्म कमजोर रह्यो । भिएफएक्सको काममा फिल्म चिल्पिएको छ । साथै, सम्पादनमा लापरवाही गर्दा दर्शकलाई फिल्मले बिझाएको छ । कमि कमजोरीका वावजुत फिल्मको फ्लो राम्रो रहेको उपस्थितको ठम्याई थियो । पत्रकारहरुबाट भने फिल्मलाई मिस्रित प्रतिक्रिया प्राप्त भयो ।

अनमोल केसीको काम, उपासना सिंह ठकुरीको अभिनयलाई लिएर फिल्मकर्मीले राम्रो बोलेका थिए । निर्देशकीय पक्ष सबैभन्दा कमजोर भैदिदा फिल्मले समिक्षकबाट झुर समिक्षा पाइरहेको छ ।

भुवन केसी निर्मित फिल्मले पहिलो विकेन्डमै २ करोड ४० लाखको कमाई गरिसकेको छ । दिवाकर भट्टराई निर्देशित फिल्मले विहिवारदेखि परेका विशेष दिनहरुमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 

‘क्याप्टेन’ रिलिज भएपछि ६ महिनाको अन्तरालमा हलमा दर्शक भिड लागेको र आगामी दिनमा अझ राम्रो व्यापार गर्ने वितरकहरुले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्