माघ, फागुनबाट सर्दै चैतमा पुग्यो दीपशिखाको ‘प्रेमलीला’



रंगखबर, काठमाडौँ – पहिले माघ २५ त्यसपछि फागुन १० लाई रिलिज डेट छनोट गरिएको फिल्म ‘प्रेमलीला’ अब भने चैत ८ मा रिलिज हुने भएको छ । माघ २५ मा भिएफएक्सको काम नसकिएको भन्दै फिल्मलाई फागुन १० मा पुर्याइएको थियो ।

कलाकार दीपशिखा खड्काको निर्माण एवं निर्देशन रहेको फिल्म फागुन १० मा रिलिज हुन् नसक्नुको कारण बलिउड फिल्म ‘टोटल धमाल’ र ‘गली व्वाय’ रहे । एक साताको अन्तरालमा रिलिज भएका दुवै फिल्मले अहिले पनि प्रदर्शनरत छन् ।

प्रेमकथामा आधारित ‘प्रेमलीला’मा दीपशिखासँगै अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, अर्चना शुक्ला, ट्वीङ्कल श्रीवास्तवलगायतको अभिनय छ ।

नानीमैयाँ कार्की र फैजिल फिल्मसको लगानीमा बनेको फिल्ममा पवन गौतमको छायाँकन र चन्दन दत्त/सालिक दुलालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्