‘सूर्यवंशी’को फर्स्टलुकमा अक्षय प्रहरी, इद रिलिज फिक्स



रंगखबर, काठमाडौँ – निर्देशक रोहित सेट्टीले २०१८ को अन्त्यमा सुपरहिट फिल्म ‘सिम्बा’ दिए । त्यहि फिल्मको अन्त्यमा अभिनेता अक्षय कुमारको केमियो स्वरुप ‘सूर्यवंशी’ नामक फिल्मको घोषणा गरिएको थियो । 

‘सिम्बा’ रिलिजको तीन महिना पुग्ने लाग्दा निर्देशक सेट्टीले ‘सूर्यवंशी’ निर्माण कार्य  थालनी गरेका छन् । मंगलबार फिल्मको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको छ । अक्षय स्टारर फिल्म अब २०२० को इदमा रिलिज हुनेछ ।

फिल्मको छायाँकन भने ‘मे’बाट सुरु हुनेछ । ‘अ बुलेट फर अ बुलेट’ ट्याग लाइन राखिएको फिल्मको पोस्टरमा अक्षय एसिपी वीर सूर्यवंशी प्रहरीको अवतारमा छन् । फिल्मका अन्य सदस्य सार्वजनिक गरिएका छैनन् ।

तर, निर्माणमा भने करण जोहरले निर्देशक सेट्टीलाई सघाउने छन् । यसअघिको ‘सिम्बा’मा पनि करणको लगानी थियो । सुपरहिट ‘सिम्बा’मा रणवीर सिंहले शिर्ष भूमिका निर्वाह गरेका थिए ।

यसअघि ‘सिङ्घम’बाट सुरु भएको रोहितको प्रहरी-ड्रामा ‘सूर्यवंशी’सम्म आइपुगेको छ । ‘सिङ्घम’को शिर्ष भूमिका अजय देवगणले निर्वाह गरेका थिए । जुन बक्सअफिसमा सुपरहिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्