रंगखबर, काठमाडौँ – ‘सिम्बा’ अभिनेत्री सारा अलि खान दुई फिल्मबाटै अत्याधिक चर्चामा आइन । संचार माध्यम र दर्शकको नजरमा परेकी साराले आफ्नो ड्रिम व्वाय कार्तिक आर्यन रहेको कुरा कुनै पनि अन्तर्वार्तामा लुकाइनन ।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/03/kartik-aryan-and-sara-ali-khan-kiss-ranga-khabar.jpg?fit=720%2C387)
अहिले ‘केदारनाथ’ को-स्टार सुशान्त सिंह राजपुतसँग प्रेममा रहेको खबरले मिडिया तातिरहेका छन् । यसैबीच उनको ड्रिम व्वाय कार्तिकसँग अन्तरंग किस सिन बाहिरिएको छ । जहाँ दुवै जना लामो ‘लिकलक’मा मस्त देखिन्छन ।
फिल्म ‘लभ आजकल २’को सुटिङ सेटबाट बाहिरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । बलिउड भित्रिएको छोटो समयमै ठुलै सफलता हाँसिल गरेकी साराले अन्तत: आफ्नो ड्रिम व्वायसँग किस गर्न पाएको खबरले उनका फ्यान खुसि देखिन्छन ।
सन् २००९ को ‘लभ आजकल’मा साराका पिता सैफअलि खान र दीपिका पादुकोणको मुख्य भूमिका थियो ।